
सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता देखाउँदै शनिबारका लागि सारिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुंगो लगाउने छ ।
शनिबारको बैठकबाट सिट बाँडफाँट गरी टुंगो लगाउने तयारी भएको एक नेताले जानकारी दिए ।