२८ जेठ २०८३, बिहीबार

द ब्रिटिस कलेजको दीक्षान्त समारोहमा ४१५ जना दीक्षित

द ब्रिटिस कलेजको दीक्षान्त समारोहमा  ४१५ जना दीक्षित

द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न भएको छ । उक्त कलेजबाट यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

यस वर्ष धेरैजना विद्यार्थीहरू भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरण बिहान बिजनेशका विद्यार्थीहरू दीक्षित भए भने आईटीका विद्यार्थीहरूले दिउँसो दीक्षित भएका थिए । कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एसियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो । 

त्यस्तै अन्य अतिथिमा पउल क्लिभेस, डा अर्जुनकुमार कार्की, माइकल रुटल्याण्ड, डा. एच सी, चिरन थापा, दुई औद्यौगिक सल्लाहकार बोर्ड सदस्यहरू टिम गोचर र सिद्यान्त राज पाण्डेको उपस्थिति रहेको थियो । 

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै द ब्रिटिस कलेजका सीईओ राजन कँडेलले स्वागत मन्तव्य दिएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरूलाई बधाई दिनुका साथ भविष्यमा थप सफलताको कामना गरे । 

उनले भने, ‘कोरोना संक्रमणको कालमा पनि ब्रिटिस कलेजले पठनपाठनलाई चुस्तदुरुस्त राख्न सफल भयो । आज विद्यार्थीहरूले ब्रिटिस एक्रिडियस काउन्सिलबाट मान्यता प्राप्त यस कलेजबाट डिग्री लिइरहेका छन् । विद्यार्थीहरूको थप सफलताको कामना म गर्छु ।’ 

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरूलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’ 

ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरूलाई बधाई र शुभकामना दिए । 

कार्यक्रममा विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई प्रेरणाको सन्देश दिँदै सफलताको कामना गरेका थिए । 

त्यस्तै बेलायती विश्वविद्यालयबाट आएका प्रतिनिधिहरूले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । बीबीए विद्यार्थी तथा जोन्टा छात्रवृत्ति जितेकी रुवी शाहले पनि आफ्नो भनाई राखेकी थिइन् । 

स्टुडेण्ट एक्सीलेन्स अवार्ड आईटीबाट रक्षा लामा मोक्तान र बीबीएबाट आयुष श्रेष्ठले प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्