
शाही युवा शक्ति नेपालले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार नारायणहिटी दरबार अगाडि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो ।
‘उनीहरूले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दू राष्ट्र कायम गर, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद’लगायतका नारासहित विरोध जनाएका थिए । उनीहरूले नागरिकता विधेयक अहिले जबरजस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए ।
उनीहरूले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिए । उनीहरूले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताएका थिए । धर्ना दिँदै उनीहरूले श्रीपेच ज्ञानेन्द्र साहलाई नलगाए सार्वभौमिकता र धर्म सकिने बताए । उनीहरूले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति जनाए ।