
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पश्चिम नवलपरासीबाट सिफारिसमा परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पक्षमा माहौल सृजना भएको छ ।
एक स्थानीय फेसबुक पेजले गरेको ‘फेसबुक पोल’मा चौधरीको पक्षमा व्यापक मत परेको छ । १२ सय मतदातालाई कांग्रेसबाट सिफारिस पाँच जना उम्मेदवार मध्येबाट एक जना छनोट गर्न दिएकोमा अधिकांशले चौधरीको पक्षमा मत दिएका हुन ।
चौधरी नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन । उनीसँगै पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, नेता देव कलवार, कुलदिप आचार्य र उषा बास्तोला उम्मेदवार सिफारिसमा परेका हुन ।
‘हाम्रो बर्दघाट नगरपालिका’ भन्ने फेसबुक पेजले गरेको ‘पोल’मा कांग्रेसबाट सिफारिस उम्मेदवार मध्येबाट एउटा छनोट गर्न लगाएकोमा ५० प्रतिशतले विनोद चौधरी रोजेका हुन । पाँच जना छनौट मध्ये चौधरी एक्लैलाई आधा मतदाताले रोजेका हुन । अन्य उम्मेदवार मध्य २५ प्रतिशतले विक्रम खनाललाई रोजेका छन भने १४ प्रतिशतले देवकरण कलवारलाई रोजेका छन ।

यो मत सर्वेक्षणले जनताको चाहनाको प्रतिविम्बित गरेको स्थानीय कांग्रेस कार्यकर्ता बताउछन् । प्रतापूर गाउँपालिका सभापति राजु अधिकारीले जनताले विकास र आर्थिक समृद्धिका लागि चौधरीलाई रोजेको बताए । उनले विहार र युपी दुबै राज्यसँग सिमा जोडिएको जिल्ला भएपनि नवलपरासीको विकासमा यहाँबाट पटक पटक निर्वाचित भएकाले सिन्को पनि नभाचेको बताए ।
प्रतिनिधिसभामा सिफारिसमा परेकी टिकटकी आकांक्षी उषा बास्तोलाले पनि टिकटमा आफ्नो पनि दाबी भएपनि जनताले विनोद चौधरीलाई नै रोजेको पाइएको बताइन । ‘जनताको चाहना मैले पनि प्रष्ट बुझे], उनले भनिन् ‘अब हाम्रो क्षेत्रमा विनोद चौधरीको कुनै विकल्प छैन ।’
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरी नेपाली कांग्रेसको तर्फबाट चुनावी अभियानका ‘सेलिब्रेटी वक्ता’ बनेका थिए ।