०४ साउन २०८३, सोमबार

मिडियाको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडेल

मिडियाको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । 
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज पोखरामा आयोजित तेस्रो पूर्ण बैठकमा उनले सरकारका कामकारवाहीदेखि राजनीतिक दलले अघि सारेका मुद्दालाई जनस्तरमा स्थापित गर्न मिडियाले अर्थपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे । 

उनले मिडियाको समयसापेक्ष विकाससँगै पत्रकारको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाल पनि सशक्त माध्यमका रुपमा आएको भन्दै मन्त्री पौडेलले त्यसको सही सदुपयोग हुनुपर्ने धारणा राखे । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिवसमेत रहेका मन्त्री पौडेलले आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए  । परिवर्तनका एजेन्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्