३० असार २०८३, मंगलबार

संजिव पाण्डेको संयोजकत्वमा एमालेको धादिङ–काठमाडौं सम्पर्क मञ्चले बनायो निर्वाचन जनपरिचालन कमिटी

संजिव पाण्डेको संयोजकत्वमा एमालेको धादिङ–काठमाडौं सम्पर्क मञ्चले बनायो निर्वाचन जनपरिचालन कमिटी

नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा उक्त विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रमको प्रमुख अतिथिमा एमालेका स्थायी समिति सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, सम्पर्क समन्वय कमिटीका सदस्य राम प्रसाद रिमाल, प्रदेश कमिटी सदस्य उमेश थापा, अनुसाशन आयोगका सदस्य रण कुमारी बलमपाखी मगर लगायतको उपस्थित रहेका थिए ।

त्यस्तै, कार्यक्रमको अध्यक्षता संजिव पाण्डेले गरेका थिए ।  

कार्यक्रमको सञ्चालन कमल थापा मगरले गरेका थिए भने स्वागत मन्तव्य अर्जुन तिमिल्सेनाले गरेका थिए । 

कार्यक्रममा प्रतिनिधि मुलक ढंगबाट करिब एक सय पचास जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमले संजिव पाण्डेको संयोजकमा ५ सय एक जना निर्वाचन जनपरिचालन कमिटी गठन गरेको छ ।

आगामी असोज ८ गते शनिवार वडा दशैं, दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान तथा निर्वाचन केन्द्रित भव्य भेला गर्ने निर्णय गरेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्