
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले 'चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ' नारा सहित चाडपर्व लक्षित 'रेनो उत्सव' योजना सार्वजनिक गरेको छ ।
यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरूले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।
नेपालीहरूको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरूको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरू ल्याइएको कम्पनीले जनाएको छ ।
यो अफरसँगै नेपाली उपभोक्ताहरूले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने विश्वास लिएको कम्पनीको भनाइ छ ।
नेपाली ग्राहकहरूको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरू नेपाली बजारमा उपलब्ध छन् ।
यस योजनामा कम्पनीको नियम तथा शर्तहरू लागु हुनेछन् ।