२३ जेठ २०८३, शनिबार

विद्यालय हिँडेका तीन बालक भारतको पुनेमा, अपहरणको शैलीमा कसरी पुगे ?

विद्यालय हिँडेका तीन बालक भारतको पुनेमा, अपहरणको शैलीमा कसरी पुगे ?

बुटवलका दुई स्कूलमा पढ्ने तीन जना बालक अपहरणको शैलीमा भारतको पुने पुर्‍याइएका छन् ।

शुक्रवार बिहान स्कूल हिडेका विद्यार्थी कसरी त्यहाँ पुगे भन्ने खुल्न बाँकी छ । 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले भारत पुर्‍याइएको सूचना आएकोले उनीहरुलाई नेपाल झिकाउन त्यहाँमा आफ्नसँग समन्वय भइरहेको बताए । 

उनीहरू बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी हुन् ।

सागर र समीरले नवीन औद्योगिक मावि कक्षा ९ मा र प्रदीपले नहरपुर माविक कक्षा ८ मा पढने विद्यार्थी हुन् ।

साँझ घर नफर्किएपछि परिवारले इलाका प्रहरी, कार्यालय बुटवलमा खोजीको लागि आग्रह गरेका थिए । 

उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर भएका थिएनन । सागरबा बाबा कृष्ण पौडेलले भारत पुगेको सूचना आएकाले आफूहरु त्यसतर्फ खोजीका लागि हिडेको बताए ।

‘सागरले हिजो राति आफूहरु अफ्टयारोमा छौ, भारतमा छौं भन्ने सन्देश पठाएपछि त्यहाँ पुगेको थाहा हुन आएको छ । हामी त्यसतर्फ जाँदै छौं,’ कृष्णले लोकान्तरसँग भने । 
 

salt training

कमेन्ट गर्नुहोस्