मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष शुरू भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ ।
यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरू मत्र्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा सात्विक आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
मैथिल परम्परामा पितृतर्पण प्रारम्भको एक दिनपूर्व भाद्र पूर्णिमाका दिन देवताहरूलाई आमन्त्रित गरिन्छ । यसलाई देवतर्पण भन्ने गरिएको छ ।
असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ ।
यसपक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिबास नगरपालिका–२ का बासिन्दा महेशकुमार झा बताउँछन् ।
पितृपर्व मानिने यस पक्षमा भारतको विहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ ।
यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् ।
असोज कृष्ण प्रतिपदादेखि औँशीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँशीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताको भनाइ छ ।
यसपक्षबाहेक दिवङ्गत हुनेहरूको तिथिमा एकोदिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ ।
तर यसपक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकूल (मावल), पितृकुल, गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा रामनारायण झा बताउँछन् ।
यसपक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोदिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको उनको भनाइ छ ।
पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरूको सम्झना गर्दै सात्विक आचरणमा रहन पर्ने कर्मकाण्डीय शास्त्रीय मत छ ।
हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृको स्मरण गर्दै नान्नीमुखी श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको उनीहरूको भनाई छ ।
असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरूका महान् पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गोपक्ष पूर्वजले छुट्याएका हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।
पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको छ ।
वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिनुपर्दा एकैदिन चार–पाँच ठाउँसम्म श्राद्ध गराउनुपर्ने हुँदा पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको हो ।
एकोदिष्ट र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण र एकोपार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमार झा बताउँछन् । रासस
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...