×

NMB BANK
NIC ASIA

कांग्रेसले जित्ने ठाउँ अर्को पार्टीलाई छाड्दा विद्रोह शुरू हुन्छ : कोइराला

भदौ २६, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले जित्ने निर्वाचन क्षेत्र अर्को पार्टीलाई नछाड्न खबरदारी गरेका छन् । 

Muktinath Bank

कांग्रेसको वडा समितिका पदाधिकारी तथा टोल समिति संयोजकहरूका लागि मोरङ क्षेत्र नम्बर ६ ले आइतवार टंकि–सिनवारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले जित्ने निर्वाचन क्षेत्र कांग्रेसले नै पाउनुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जित्ने ठाउँमा अर्को पार्टीलाई टिकट दिनुभयो भने विद्रोह हुन्छ । विग्रह हुन्छ’, कोइरालाले भने । मोरङ– ६(१) कांग्रेसको गढ मानिने निर्वाचन क्षेत्र भएको र गठबन्धनमा माओवादी केन्द्रलाई उक्त क्षेत्र दिन लागिएको भन्दै कोइरालाले त्यसो नगर्न भनेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘अहिले यहाँ माओवादी केन्द्रको उम्मेदवार हुने चर्चा छ । निर्वाचन क्षेत्र नम्बर ६ (१) माओवादीलाई दिने कुरा आइरहेको छ । तर, त्यसो भयो भने कांग्रेसका कार्यकर्ताका लागि स्वीकार्य हुने छैन’, कोइरालाले भने । 

Vianet communication

कतिपय नेता कार्यकर्तालाई गठबन्धनले हामीलाई जिताउँछ भन्ने परेको र टिकटका लागि मरिहत्ते गरेको भन्दै उनले भने, ‘धेरैलाई गठबन्धनले जिताउँछ भन्ने लागेको रहेछ, तर मलाई त्यस्तो लागेको छैन ।’ 

कांग्रेसले चुनावी तालमेल गर्ने तर, नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने निर्णय गरेको तर, कांग्रेस नेतृत्वले पार्टीको निर्णयलाई नमान्ने अवस्था देखिएको उनले बताए । 

‘कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय सबै नेताले मान्नुपर्छ । केन्द्रीय समितिले गठबन्धन गरेर बहुमतको सरकार बनाउने भनेको छ । तर, १०० भन्दा कम सिटमा उम्मेदवारी दिने अवस्था आयो भने कांग्रेसको बहुमत कसरी आउँछ ?’, कोइरालाले भने । 

आगामी चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नको लागि कम्तिमा १०० सिट गठबन्धनमा कांग्रेसले लिनुपर्ने कोइरालाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x