२३ जेठ २०८३, शनिबार

भ्रष्टाचार र राजनीतिक बेइमानीविरुद्ध ‘पी सेभेन’को कविता गोष्ठी

भ्रष्टाचार र राजनीतिक बेइमानीविरुद्ध ‘पी सेभेन’को कविता गोष्ठी

सात जना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कविता गोष्ठी गरेको छ । समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीविरुद्ध पी सेभेनले कविता गोष्ठी गरेको हो ।

काठमाडौं चन्द्रागिरि नगरपालिका–१५, भीराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए । 

गोष्ठीमा आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले कविता वाचन गरेका थिए । समूहका एक सदस्य टंक उप्रेती काम विशेषका कारण गोष्ठीमा उपस्थित हुन नसके पनि उनलाई सामाजिक सञ्जालका माध्यमबाट गोष्ठीमा सहभागी गराइएको थियो । 

‘संघ र प्रदेशको आसन्न निर्वाचनमा सहभागी बनौँ, असल उम्मेदवारको चयन गरौँ’ भन्ने नाराका साथमा गरिएको उक्त गोष्ठीमा पार्कमा घुम्न आएका युवायुवती र स्थानीयको सहभागिता रहेको थियो । 

नेपाली कविता साहित्यमा तीन दशकभन्दा लामो साथ बिताइसकेका सात कविहरूको यो समूहले ‘यतैकतै’ संयुक्त कविता कृतिसमेत प्रकाशित गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्