०४ साउन २०८३, सोमबार

भदौमा ‘देश खोज्दै जाँदा’

कात्तिक २०, २०७४
भदौमा ‘देश खोज्दै जाँदा’

काठमाडौं, १७ साउन – भुटानी शरणार्थीको पीडालाई चलचित्रमार्फत देखाउन खोजिएको चलचित्र ‘देश खोज्दै जाँदा’ भदौमा प्रदर्शन हुने भएको छ ।  शरणार्थीले भोगेको कथालाई चलचित्रमार्फत प्रस्तुत चलचित्रलाई  प्रकाश आङ्देम्बेको कथा तथा निर्देशन रहेको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मीना कोइराला, अरुणा कार्की, सरीता ओली लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलर आकर्षक लाग्छ । चलचित्र आउँदो भदौ ८ गतेबाट देशभर एकसाथ चलचित्रलाई प्रदर्शन गर्न लागिएको निर्माण टिमले जनाएको छ । कार्यक्रममा चलचित्र राम्रो बनेको अभिनेता तथा गायक बाबु बोगटीले बताएका थिए ।

चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् भने सञ्जय लामाले फिल्मलाई छायांकन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्