११ साउन २०८३, सोमबार

चिनियाँ राष्ट्रपतिले चेतवनी दिँदै भने, ‘हामी सबै हमलालाई विफल गर्न सक्षम छौं’

कात्तिक २०, २०७४
चिनियाँ राष्ट्रपतिले चेतवनी दिँदै भने, ‘हामी सबै हमलालाई विफल गर्न सक्षम छौं’

काठमाडौं, १७ साउन– चीनका राष्ट्रपति सी जिङ्गपिङले मंगलबार भनेका छन् कि चीन आफ्नो सम्प्रभुता तथा सुरक्षाका लागि कहिल्यै पनि सम्झौता गर्ने छैन । साथै चिनियाँ सेना हरेक हमलालाई विफल पार्न सक्षम रहेको राष्ट्रपति सीको भनाइ छ ।

सीले २३ लाख जवान रहेको पिपुल्स लिबरेशन आर्मी (पीएलए) को ९० औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा भने, ‘हामी कुनै पनि व्यक्ति, संगठन या राजनीतिक दललाई चीनको कुनै पनि भागलाई कुनै पनि हालतमा अलग गर्न दिने छैनौं ।’

सीको यो टिप्पणी यस्तो समयमा आएको छ, जब चीन र भारतबीच सिक्किम सेक्टरमा गतिरोध चलिरहेको छ । सीले भने, ‘चिनियाँ जनता शान्तिप्रेमी छन् । हामी आक्रमता देखाउने तथा आफ्नो क्षेत्र बिस्तार गर्ने कार्य गर्दैनौं । तर हामीलाई के थाहा छ कि हामी जुनसुकै प्रकारका हमलालाई विफल पार्न सक्छौं ।’

ग्रेट हल अफ पिपुल्समा आयोजित समारोहमा राष्ट्रपति सीले चीनले आफ्नो सम्प्रभुताका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए ।

यसअघि ३० जुलाईमा आयोजित एक ठूलो सैनिक परेडमा सीले आफ्नो देशको सेनामा सबै हमलाकारी दुस्मनलाई हराउने योग्यता रहेको बताएका थिए ।

उनको त्यस्तो अभिव्यक्ति पछि भारतमा हंगामा मच्चिएको थियो । भारतीय मिडियाले चिनियाँ राष्ट्रपतिको अभिव्यक्तिलाई भारत लक्षित भनेर टिप्पणी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्