२२ जेठ २०८३, शुक्रबार

कर्णालीवासीको खाने व्यवहारमा परिवर्तन आउनुपर्छ : मुख्यमन्त्री शाही

कर्णालीवासीको खाने व्यवहारमा परिवर्तन आउनुपर्छ : मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । सुर्खेतमा आज आयोजित ‘प्राङ्गारिक कृषि संवाद’ लाई सम्बोधन गर्दै उनले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताए । 

मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरुमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गरे । “अर्ग्यानिक उत्पादनका दृष्टिले कर्णाली धनी छ, तर यहाँका मानिसहरुमा रैथाने खाद्यान्न खानुलाई हेलाका दृृष्टिले हेर्ने गरिन्छ,” उनले भन, “जबसम्म हामी खाद्य व्यवहारमा परिर्वतन ल्याउन सक्दैनौँ, जबसम्म भोकमरीको मानसिकता रहिरहन्छ, सरकार, दातृ निकाय सबै मिलेर खाने व्यवहारमा परिर्वतन ल्याउन आवश्यक छ ।” हुम्लामा फापर, जुम्लामा जौ, चिनो, दैलेखमा कोदो खानेलाई हेप्ने गरिएको दृष्टान्त दिँदै उनले खाद्य सुरक्षा र पोषणका दृष्टिले यी बाली महत्वपूर्ण रहेकाले ती कुरा जनतालाई बुझाउन सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

कर्णालीमा खाद्य सुरक्षा भएका जिल्ला रुकुमपश्चिम र सल्यानलाई पहिलो प्राथमिकतामा राखेर अग्र्यानिक कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ थियो । 

कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेअनुरूप त्यसयता मन्त्रालयले त्यसका लागि आधारशीला निर्माण गर्दै अघि बढेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्