
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपाल बाढीपहिरो पिडितलाई सहयोग गर्न राहत सामग्री सहित दार्चुला प्रस्थान गरेको छ l वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पालीले शनिवार दार्चुला जिल्ला कमिटि, सुदुरपश्चिम प्रदेश कमिटि, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटि सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्दार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेका थिए l साथै बाढीपहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका थिए l
दार्चुला जिल्लाको महाकाली नगरपालिका लासुखोला बाङ्ग बगर र नौगाड गाऊँपालिकामा भीषण वर्षापछि आएको बाढीले निम्त्याएको जनधनको क्षति पछि राहत वितरणका लागि वाईसीएल नेपाल केन्द्रीय कार्यालय र सुदुरपश्चिम प्रदेश कार्यालयको तर्फबाट केन्द्रीय सचिब शिव बोगटीको नेतृत्वमा केन्द्रीय सदस्य डबल खाति , बसन्त सिंह कार्की लगायतका प्रतिनिधि सहित आपतकालीन राहात सामाग्रीहरु लिएर धनगढी देखि त्यस तर्फ प्रस्थान गरेको वाइसिएल ले बताएको छ । अझै थप राहातको लागि आवश्यक पहल भैरहेको वाईसीएल महासचिव गणेश शाहीले जानकारी दिएका छन् ।