×

X
Nic Asia
Dabur
Khukuri

पहिरोको चपेटामा रामतोला बस्ती

बाग्लुङ | भदौ २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।

LAxmi BAnk
nabil BANK inside

पहिरोले ११ घरका वासिन्दा ७ दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिरोले बग्ने डरले अधिकांश घरका वासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगर प्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । १ हप्ताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा १ दर्जन घर जोखिममा परेका छन् । 

पहिरोले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । ‘पानीका २ वटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार छ,’ स्थानीय ढालनाथ शर्माले भने, ‘हामी त घर न घाटको भएका छौं, अब कहाँ बस्ने, के खाने ?’


Advertisment
Saurya island

उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए । उनले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोखे । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन् । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिरोले २ वटा खानेपानीका ट्यांकी बगाएपछि ७ दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् । 

दर्जनौं विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताइन् । ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौं,’ उनले भनिन्, ‘अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।’

Vianet communication
IME BANK INNEWS

रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिरोले ११ घरका वासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् ।

केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिरोले बग्ने डरले अधिकांश घरका वासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

तनहुँको व्यास नगरपालिकाले दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना अघि सारेको छ । व्यास नगरपालिका १० वैरेनीको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्र...

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २१, २०७९

काठमाडौं उपत्यमा वाटर एटीएमको प्रयोग बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन...

मंसिर २१, २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।...

मंसिर २१, २०७९

दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्म...

मंसिर २१, २०७९

चितवनको भरतपुर महानगरपालिकामा ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताले शुल्क तिर्न नपर्ने भएको छ । महानगर प्रमुख रेणु दाहालले मंसिर  महिनादेखि ७ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तासँग शुल्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x