०२ साउन २०८३, शनिबार

पहिलोपटक काठमाडौंमा विद्युतीय सवारी साधनको एक्स्पो आयोजना हुने

पहिलोपटक काठमाडौंमा विद्युतीय सवारी साधनको एक्स्पो आयोजना हुने

नाडा अटोमोबाइल्स एशोसिएसनका अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘सीएट नाडा ईभी एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएसनले सोमवार पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी गराएको हो । 

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रूपमा जानकारी लिन सकिने नाडाले जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै नाडा ईभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने जानकारी दिए । उनले एक्स्पोमा ईभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरू प्रदर्शनीमा राखिने बताए । उनले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताए । एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदरलगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी दिनेछन् । 

अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको छ । अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने नाडाको विश्वास छ । 

एक्स्पो चार दिनसम्म चल्नेछ । वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिइएको एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा प्रवेश गर्दा विद्यार्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । नाडा ईभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्