
सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु नेपाल आइपुगेका छन् । उनी सोमवार अपराह्न ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।
अध्यक्ष लीसहितको टोलीलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । अध्यक्ष ली नेपालको ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी विशेष विमानमार्फत काठमाडौं ओर्लिएका छन् ।





