
नेपाल सरकारले पाकिस्तानका बाढी प्रभावितलाई २ करोड बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमवार विज्ञप्ति जारी गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले राहत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारले पाकिस्तानमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ ।
