१५ असार २०८३, सोमबार

अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज

अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज

सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरे।  रात्रिभोजमा सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकामा अध्यक्ष लीप्रति आभार प्रकट गरे । उनले यस्तो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने र जनता जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम विस्तार हुने विश्वास व्यक्त गरे । 

चिनियाँ जनकंग्रेसको अध्यक्षका रुपमा नेपाल भ्रमण गर्ने आफू नै पहिलो व्यक्ति भएको भन्दै लीले नेपालले गरेको आमन्त्रण र स्वागतप्रति धन्यवाद व्यक्त गरे। नेपालका तर्फबाट आफूले पाएको न्यानो स्वागत र  आथित्यताप्रति उनले कृतज्ञता व्यक्त गरे ।

रात्रिभोजमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सङ्घीय सांसद्का सांसदहरू, पराष्ट्र मन्त्रालयका अधिकारी सङ्घीय संसद् सचिवालयका महासचिव एवं कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्ति एवं सञ्चारकर्मीको सहभागिता थियो ।

त्यसअघि सभामुख सापकोटा र अध्यक्ष ली बीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सभामुख सापकोटा र अध्यक्ष ली बीच भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्