२१ जेठ २०८३, बिहीबार

एससिटीले ल्यायो दमदार दशैं धमाका

एससिटीले ल्यायो दमदार दशैं धमाका

स्मार्टचोइस टेक्नोलोजिज (एससिटी) ले दशैंलाई लक्षित गरी 'दमदार दशैं धमाका थ्री डी' अफर सार्वजनिक गरेको छ।

उक्त अफर अन्तर्गत एससिटी–युपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ। 

हालसम्म पनि एससिटी युपिआई डेबिट कार्ड नलिएका ग्राहकहरूले कार्ड जारी गर्ने कुनैपनि बैंक तथा वित्तीय संस्थामा गइ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै एससिटी–युपिआई डेबिट कार्डमार्फत एटिएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरूले पनि यो अफरमार्फत १२ सय रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्ने बताइएको छ। 

मात्र १५ सय रुपैयाँ बराबरको पोस कारोबारमा पाँच सय रुपैयाँ र तीन हजार रुपैयाँको कारोबारमा एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने यो अफरमार्फत सबै एससिटी–युपिआई डेबिट कार्ड प्रयोगकर्ताहरूले ३३.३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

यो अफर असोज महिना भरी लागु हुने बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्