११ साउन २०८३, सोमबार

काठमाडौंमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह, यी क्षेत्रमा हुनेछ आवागमन प्रभावित

काठमाडौंमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह, यी क्षेत्रमा हुनेछ आवागमन प्रभावित
फाइल फोटो

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मंगलवार एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो ।

कार्यालयका अनुसार बिहान पौने ९ बजे रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ ।

११ः३० बजे रवीभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्