०९ साउन २०८३, शनिबार
महाभियाेग प्रकरण

महाभियोग सिफारिस समितिमा १ घण्टा कुरेर चोलेन्द्रसँग बयान शुरू

महाभियोग सिफारिस समितिमा १ घण्टा कुरेर चोलेन्द्रसँग बयान शुरू

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान शुरू गरेको छ । समितिले मंगलवार चोलेन्द्रसँग अन्तिम दिनको बयान थालेको हो । 

४३ मध्ये ८ वटा मात्र प्रश्न बाँकी रहेकोले आज बयान सकिने समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले बताए । सचिवालयमा दिउँसो १ बजे बयानका लागि चोलेन्द्रलाई बोलाइएको थियो । तर, बयान एक घण्टा ढिलो गरी शुरु भएको हो । 

चोलेन्द्रको बयान अघि समितिको बैठक बसेको थियो । समितिमा चालेन्द्रले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि बयान लिने विषयमा छलफल भए पनि एकमत भने हुन सकेन । 

बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेता, सर्वोच्चका न्यायाधीश, पूर्वन्यायाधीश, वकिलसमेतको नाम लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्