×

NMB BANK
NIC ASIA

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली र एमाले अध्यक्ष ओलीबीच के–के भयो कुराकानी ?

भदौ २८, २०७९

NTC
Premier Steels

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणको क्रममा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा चिनियाँ पक्षको ध्यानाकर्षण गराएका छन् । 

Muktinath Bank

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा लि नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग एमाले अध्यक्ष ओली नेतृत्वको एमाले प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा नेपाल र चीनबीच भएका उच्चस्तरीय भ्रमण र त्यसक्रममा भएका महत्वपूर्ण सहमति तथा सम्झौताहरू कार्यान्वयन गर्न एमाले अध्यक्ष ओलीले आग्रह गरेको एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको हैसियतमा केपी ओली चीन भ्रमणमा जाँदा रणनीतिक साझेदारीका विषयमा सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गराउने बारेमा विषयमा कुरा राखेका छौँ’, रिजालले भने । 

Vianet communication

त्यसैगरी, बीआरआईअन्तर्गतका आयोजना कार्यन्वयनको सन्दर्भमा पनि भेटवार्तामा छलफल भएको उनले बताए । 

भेटमा ओली नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकीविरूद्ध प्रयोग हुन नदिने कुरामा स्पष्ट रहेको बताएको रिजालले जानकारी दिए । 

त्यसैगरी, चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा लिएको अहस्तक्षेपको नीतिको एमाले प्रतिनिधि मण्डलले सह्राना गरेको थियो । 

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्न लागेको २०औँ राष्ट्रिय महाधिवेशनको लागि ओलीले शुभकामना दिएका छन् । 

भेटमा चिनियाँ प्रतिनिधि मण्डलले पनि उच्चस्तरीय भ्रमणको क्रममा भएको सहमति र सम्झौता कार्यन्वयन हुनुपर्ने पक्षमा आफूहरू रहेको बताएको रिजालले जानकारी दिए । 

चार दिने भ्रमणमा सोमबार नेपाल आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी कमिटी अध्यक्ष लीले नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिको स्वागत गर्दै चीन नेपालबीच दुई पक्षीय सहयोगलाई निरन्तरता दिन चाहेको उल्लेख गरेका थिए । 

भेटका अवसरमा लीले चिनियाँ राष्ट्रपति सी चिनफिङले ओलीलाई व्यक्तिगत रूपमा पठाएको सुस्वास्थ्यको कामना र सम्झना सुनाएका थिए । 

चिनियाँ प्रतिनिधि मण्डलसँग भेटका लागि एमालेका अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विदेश विभाग प्रमुख राजन भट्टराई, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूको सहभागिता रहेको थियो । 

ली नेृतत्वको प्रतिनिधि मण्डलले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरिसकेको छ । त्यसबाहेक, चिनियाँ टोली र प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग आजै भेटवार्ता हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x