रुसी सेनाले दक्षिण युक्रेनमा रहेको निकोलाएभस्थित एक हातहतियार भण्डारमा आक्रमण गरी ४५ हजार टन गोलीगट्ठा नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, भोज्नेसेन्स्क शहरमा रहेको हतियार भण्डारलाई सटीक आक्रमणमार्फत तारो बनाइएको हो ।
त्यस बाहेक उक्त क्षेत्रमा विगत २४ घन्टामा ३०० जना युक्रेनी सैनिक मारिएको र एक हजारजना घाइते भएको जानकारी पनि रुसको रक्षा मन्त्रालयले दिएको छ ।
रुसी सैनिकहरूले युक्रेनी सेनालाई खार्कोभ क्षेत्रमा पनि आक्रमण गरेको मन्त्रालयको भनाइ छ । विभिन्न आक्रमणमा युक्रेनका २५० सैनिक र २० भन्दा बढी सैन्य वाहन नष्ट भएको उसले जनायो ।
खार्किभ प्रत्याक्रमणपछि युक्रेनले दुई हजार वर्गकिलोमिटर क्षेत्र फिर्ता लिइसकेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् ।