०८ साउन २०८३, शुक्रबार

चोलेन्द्रसँग ४३ प्रश्नको बयान सकियो, पूरक प्रश्न र प्रतिप्रश्न बाँकी

चोलेन्द्रसँग ४३ प्रश्नको बयान सकियो, पूरक प्रश्न र प्रतिप्रश्न बाँकी

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ४३ प्रश्नको बयान सकिए पनि महाभियोग सिफारिस समितिले पूरक प्रश्न र प्रतिप्रश्न गर्ने भएको छ । चोलेन्द्रले बयानका क्रममा पोलेका व्यक्तिहरूसँग छलफल गरेपछि अन्तिममा फेरि उनीसँग बयान लिने समितिको तयारी छ । 

समितिमा एमालेका सदस्य लालबाबु पण्डितले समितिले तयार गरेका ४३ प्रश्नको जवाफ सकिए पनि पूरक प्रश्न बाँकी रहेको जानकारी दिए । भदौ १५ देखि शुरु भएको बयानको क्रममा मंगलवार ४३ प्रश्नको जवाफ दिएका थिए । 

मंगलवार बसेको समितिको बैठकले चोलेन्द्रले मुछेका केही व्यक्तिसँग छलफल गर्ने सहमति गरेको जसपा सांसद प्रमोद साहले जानकारी दिए । 

‘बयानका क्रममा प्रधानन्यायाधीशले मुछेका केही पूर्वन्यायाधीश, वकिललगायतसँग छलफल गर्ने सहमति गरेका छौँ’, शाहले भने, ‘तर भदौ मसान्तभित्रै प्रतिवेदन सभामुखलाई बुझाउछौँ ।’ 

असोज १ गते प्रतिनिधि सभाको कार्यकाल सकिनु अगावै सभामा पेश गर्नेगरी समितिले प्रतिवेदन तयार गर्न लागेको छ । सत्तापक्षीय ५ दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राणा फागुन १ गतेदेखि निलम्बनमा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्