२० असार २०८३, शनिबार

स्कुलमा यी अभिनेतासँगै पढ्थिन् श्रद्धा कपूर, क्रश भयो तर पर्पोज नै गरिनन् !

भदौ २८, २०७९
स्कुलमा यी अभिनेतासँगै पढ्थिन् श्रद्धा कपूर, क्रश भयो तर पर्पोज नै गरिनन् !

श्रद्धा कपूर बलिउडकी चर्चित अभिनेत्री हुन् । 

उनले हिन्दीमा थुप्रै चर्चित फिल्महरू खेलेकी छन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, श्रद्धा बचपनमा केटाहरूसँग निकै निहुँ खोज्थिन् । जानी जानी नै केटाहरूसँग झगडा गर्ने उनको बानी थियो । 

श्रद्धाले बाल्यकालदेखि नै चलचित्र खेल्ने सपना देखेको चर्चा अहिले पनि बलिउडमा चल्ने गरेको छ । 

उनले बच्चैदेखि चलचित्रको डायलग बोल्न र नाच्न गाउन रुची राख्थिन् । 

यसबाहेक श्रद्धा आफ्नो बुवा शक्ति कपूरसँग विभिन्न ठाउँमा हुने शुटिङमा सहभागी हुन्थिन् । 

सोही क्रममा उनी वरुण धवनसँग भेट भएको र पछि साथी बनेको बताइन्छ ।

१५ वर्षको उमेरमा उनी जुन स्कुलमा पढ्थिन्, त्यहाँ अहिलेका चर्चित अभिनेता टाइगर श्रौफ र अथिया शेट्टी पनि पढ्थे । सोही क्रममा तीनै जना साथी बने । 

श्रद्धा र टाइगर स्कुलमा अध्ययनको समयमा उनीहरू दुवैले एक अर्कालाई मन पराउँथे । तर दुवै जनाले प्रेम प्रस्ताव भने नगरेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्