नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपालले दक्षिणपन्थीलाई खुसी पार्न एमाले विभाजन गराएको आरोप लगाएका छन् ।
१५ वर्ष नेपाललाई महासचिव बनाएर टिकाएपनि आफू अध्यक्ष बनेको उनले देखि नसहेको ओलीको टिप्पणी छ ।
मंगलवार पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालमाथि पार्टी चलाउन नसकेर भागेको आरोप लगाएका हुन् ।
‘माधव नेपाललाई मैले महासचिव बनाएर १५ वर्ष टिकाएँ, कसैले राजीनामा नमाग्दा प्रधानमन्त्री थाम्न नसकेको होइन ? पार्टी चलाउन नसकेर भागेको होइन ?’ ओलीले भने, ‘अर्कोले केही गर्यो भने डाह गरेर छट्पटिने ।’
ओलीले माओवादी भन्ने पार्टी कम्युनिस्ट नभएको आरोप समेत लगाए ।