०९ साउन २०८३, शनिबार

बागमती प्रदेशका मन्त्रालयहरू हटियामा बनाउने तयारी, केन्द्रको स्वीकृति कुर्दै प्रदेश सरकार

बागमती प्रदेशका मन्त्रालयहरू हटियामा बनाउने तयारी, केन्द्रको स्वीकृति कुर्दै प्रदेश सरकार

अस्थायी भौतिक संरचनाबाट नियमित कामकाज गर्दै आएको बागमती प्रदेश सरकारले पहिलाे कार्यकालको अन्तिम वर्ष स्थायी भौतिक संरचना बनाउने स्थानको टुंगो लगाएको छ । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित हटियामा रहेको ५४ बिघा क्षेत्रफलमा प्रदेशका सबै मन्त्रालयहरू, मन्त्री क्वाटर तथा प्रदेश मातहतका महत्वपूर्ण कार्यालय भवन बनाउने तयारी गरेको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए । 

मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै  मुख्यमन्त्री पाण्डेले हेटौंडा १६ स्थित शिवम् सिमेन्टको  पछाडि रहेको सार्वजनिक जग्गामा प्रदेशले स्थायी भौतिक संरचना बनाउने तयारी गरेको जानकारी दिए । तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले भने, ‘जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पत्र पठाएका छौँ । केहीदिनमै जग्गा  प्राप्त गर्ने छौँ । त्यसलगत्तै प्रदेश सरकारलाई आवश्यक भवनहरूको संरचनाको डिजाइन र निर्माण दुवै काम एउटैले छिटो छरितो र गुणस्तरीय गर्ने गरी टेण्डर आह्वान गर्छौँ ।’ 

प्रदेश सरकारले स्थायी संरचना बनाउन चालु आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । 

२०७८ साल कात्तिक ११ गते मुख्यमन्त्रीको कार्यभार सम्हालेका पाण्डेले त्यसलगत्तै ८ वटा मन्त्रालयबाट भागबण्डा मिलाउन १४ जनाको जम्बो मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रालयलको संख्या बढाइएपछि भवनको अभाव हुँदा एउटै भवनमा ५ वटा मन्त्रालय राख्नु परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्