राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई आएको विभिन्न पाँचवटा विधेयक उनले प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
