२८ असार २०८३, आइतबार

आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई ढुवानी सुचारु गर्न आयल निगमको आग्रह

आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई ढुवानी सुचारु गर्न आयल निगमको आग्रह

नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई ढुवानी सुचारु गर्न  व्यवसायीहरूलाई आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 

 भदौ २३ को पत्रमार्फत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन अनुरोध गरिएपनि  भदौ २४ गतेबाट व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको निगमको भनाइ छ । जसका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको निगमले जनाएको छ । 

यसैबीच निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । व्यवसायीको माग पुरा हुने प्रक्रियामा रहेको सन्दर्भमा २९ गतेदेखि अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन निगमले आग्रह गरेको छ । 

दशैँको मुखमा आन्दोलन नगर्न र विद्यमान कानूनी व्यवस्था समेतलाई ख्याल गर्न निगमले स्मरण गराएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्