१६ असार २०८३, मंगलबार

अवरुद्ध मेची राजमार्गको फिदिम–काबेली खण्ड खुल्यो

अवरुद्ध मेची राजमार्गको फिदिम–काबेली खण्ड खुल्यो

वर्षापछि गएराति पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम–काबेली खण्ड सञ्चालनमा आएको छ । अन्यत्र पहिरो नगए पनि सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खस्दा काबेली नदी छेउममा मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासीसमेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले सडक खुलाएको हो । सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वर्षापछि पहिरो झर्दा सडक आज बिहानदेखि अवरुद्ध बनेको थियो । सडक सुचारु नहुँदा यात्रुलाई दुईतर्फ रहेका सवारीका साधनले गन्तव्यतर्फ पु¥याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्