१७ असार २०८३, बुधबार

चिनियाँ नेता लीले आज राष्ट्रपति भेट्दै

चिनियाँ नेता लीले आज राष्ट्रपति भेट्दै

नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार राष्ट्रपतिलाई भेट्दैछन् । उनले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न लागेका हुन् । 

चिनियाँ प्रतिनिधिमण्डलले त्यसअघि भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्