
जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएको छ ।
१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार, गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज धुवाँ देखिएपछि आधा घन्टामै काठमाडौँ फर्किएको थियो ।
जहाजको प्राविधिक जाँचपछि आज (बुधवार) बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको प्रवक्ता खड्काले जानकारी दिइन् ।