
नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक सहकुल थापाको सरुवा भएको छ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी एकेडेमीमा सरुवा गरेको हो।
थापा प्रहरीको केन्द्रीय निर्वाचन सेल प्रमुख थिए।
प्रहरी एकेडेमीका प्रमुख रहने एआईजी रिक्त रहेको थियो।
यसअघि प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कार्य विभाग प्रमुख रहेका थापालाई केन्द्रीय निर्वाचन सेल प्रमुख बनाएको थियो।
थापाको सरुवासँगै कार्य विभागमा रहेका डीआईजी बसन्त कुँवरले निर्वाचन सेलको नेतृत्व गर्ने भएका छन्।
कुँवर केही समयअघि मात्र डीआईजीमा बढुवा भएका हुन्।