जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन बुधवार पनि प्रभावित हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयले बुधवार एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो ।
कार्यालयका अनुसार आज बिहान ९ बजे आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविद्यालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालयदेखि भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।
त्यस्तै दिउँसो साढे ३ बजे आसपास सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको कार्यालयले जनाएको छ ।