२६ जेठ २०८३, मंगलबार

नेपाल एयरलाइन्सको कार्गो होल्डमा धुँवा आएपछि आकस्मिक अवतरण, मर्मत गरेर नारिता पठाइयो

नेपाल एयरलाइन्सको कार्गो होल्डमा धुँवा आएपछि आकस्मिक अवतरण, मर्मत गरेर नारिता पठाइयो

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।    
    
गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो ।    
    
एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।    
    
उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । उनले भनिन, “हिजो राति जहाज उडेको केहीसमयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुँवा देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो ।”

निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्