२० असार २०८३, शनिबार

बक्स अफिसमा ‘ब्रह्मास्त्र’को ६ दिन, अहिलेसम्म कति कमायो ?

भदौ २९, २०७९
बक्स अफिसमा ‘ब्रह्मास्त्र’को ६ दिन, अहिलेसम्म कति कमायो ?

रणबीर कपूर र आलिया भट्ट अभिनित चलचित्र ‘ब्रह्मास्त्र’ ले शुरूको अन्तिम २ दिन (विकेन्ड)मा बम्पर कमाइ गरेको थियो । 

तीन दिनमा यस चलचित्रले ५ वटा भाषामा सार्वजनिक भएको यस चलचित्रले १२२.५८ करोड भारतीय रुपैयाँ कमाएको थियो । 

बुधवार (आज) बक्स अफिसमा चलचित्रको छैटौँ दिन हो । 

मंगलवारसम्ममा यस चलचित्रले १५० करोड रुपैयाँको आँकडा पार गरेको बताइएको छ । 

सोमवारदेखि भने चलचित्रको कमाइ लगातार गिरावट भएको बताइएको छ । 

पहिलो सोमवार १५.५ करोड भारतीय रुपैयाँ कमाएको यस चलचित्रले मंगलवार भने १२.५० करोड भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

सोमवारको तुलनामा मंगलवार १९ प्रतिशतले कमाइमा गिरावट आएको छ । 

यस चलचित्रको कुल कमाइ भारतमा मात्रै १५०.५८ करोड भारतीय रुपैयाँ पुगेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्