२६ असार २०८३, शुक्रबार

कोभिड शुरू भएदेखि पहिलोपटक पहिलोपटक विदेश पुगे चिनियाँ राष्ट्रपति, उज्बेकिस्तानमा पुटिनलाई भेट्ने

भदौ २९, २०७९
कोभिड शुरू भएदेखि पहिलोपटक पहिलोपटक विदेश पुगे चिनियाँ राष्ट्रपति, उज्बेकिस्तानमा पुटिनलाई भेट्ने

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार कजाकस्तान पुगेका छन् । 

कोभिड महामारी शुरू भएदेखि पहिलोपटक उनले विदेशयात्रा गरेका हुन् । 

कजाकस्तानमा उनले शांघाई कोअपरेसन अर्गनाइजेसन शिखर सम्मेलनका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नेछन् । 

सीको यस भ्रमणबाट रुस तथा मध्य एसियालाई चीनले महत्त्व दिएको देखिन्छ । अमेरिकासँगको तनावमा हावी हुन तथा आफ्नै रणनीतिक महत्त्वाकांक्षा साकार पार्र्न चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले गैरपश्चिमी मुलुकहरूसँगको सहकार्यमा जोड दिइरहेको छ । 

नीलो सुट लगाएका सीलाई विमानस्थलमै गएर कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकाएभले स्वागत गरेका थिए । 

दुई नेताबीच ऊर्जा बजार तथा विश्वव्यापी आर्थिक संकटका विषयमा छलफल हुने कजाकस्तान सरकारले जनाएको छ । 

बिहीवार सी उज्बेकिस्तानको समरकन्द जानेछन् । त्यहाँ एससीओको शिखर सम्मेलन आयोजना गरिँदैछ । 

त्यहाँ उनले पुटिन तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्