१४ असार २०८३, आइतबार

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच  ‘मेरा मुटु बाल जीवन बीमा’ योजनाको लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच  ‘मेरा मुटु बाल जीवन बीमा’ योजनाको लागि सम्झौता

रिलायन्स लाइफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । 

सम्झौता बमोजिम उक्त गाउँपालिकामा साउन १, २०७९ भन्दा पछि जन्म भएका प्रत्येक छोरीहरूका लागि वार्षिक ५ हजार बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि सम्झौता भएको हो । 

बीमा सम्बन्धी सम्झौता पत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरेका थिए । 

सम्झौता मंगलवार सम्पन्न भएको थियो । 

उक्त सम्झौतामा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्