१९ असार २०८३, शुक्रबार

देवी ज्ञवालीको आरोप–पार्टी कब्जा गर्न प्रचण्डले एमालेसँग एकता गरेका थिए

देवी ज्ञवालीको आरोप–पार्टी कब्जा गर्न प्रचण्डले एमालेसँग एकता गरेका थिए

नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् । 

बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् । उनले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिष्ट पार्टीलाई विभाजित गरेको बताए ।

उनले एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए । उनले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गरे । उनले चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिए । 

नेकपा (माओवादी केन्द्र) का चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रिय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता आज एमालेमा प्रवेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्