×

NMB BANK
NIC ASIA

जनकपुरधाम उपमहानगरपालिकाले जग्गाको कित्ता काट खोल्दै

भदौ ३०, २०७९

NTC
Premier Steels

जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ । उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको कित्ता काट रोकिएका कारण जनता मारमा परेका कारण खोल्ने तयारीमा जुटेको बताए । उनले भने, “जग्गाको कित्ता काट रोकिएका कारणले कतिपय व्यक्तिलाई जग्गा बिक्री गरेर छोरा छोरीलाई पढाउन, उपचार तथा अन्य समस्या समाधान गर्न समस्या भएको छ । दैनिक स्थानीयवासीले यस्ता समस्या लिएर आउन थालेका छन् ।”

Muktinath Bank

प्रमुख साहले वर्गीकरण गर्नका लागि स्थलगत रुपमा अनुगमन गरेर किसिम छुट्याउने काम गर्नुको साथै उपमहानगरपालिकाले कन्सल्टेन्ट नै नियुक्त गरेर जग्गाको वर्गीकरण गर्ने काम गरिरहेको जानकारी दिए । उनले अहिले जग्गाको वर्गीकरण सहज गर्नका लागि नापीका विज्ञ विजयकुमार महतोलाई प्रमुख कन्सल्टेन्टको रुपमा नियुक्त गरेर वडा वडामा परिचालन गरेको बताए । 
    
प्रमुख साहले भने, “१५ दिनभित्र जग्गाको कित्ताकाट खोल्ने गरी तयारी गरिएको छ । जग्गाको वर्गीकरण गरेर भदौ महिनाभित्रमा प्रतिवेदन दिनका लागि उपमहानगरपालिकाले सबै वडाका अध्यक्ष एवं सचिवसँग बैठक गरेर आग्रह गर्दा पनि १० वडाले मात्र प्रतिवेदन दिएपछि ढिलाइ भएको हो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरधाममा रहेका २५ वडामध्ये १० वटाको जग्गा वर्गीकरणसम्बन्धी विवरण प्राप्त भए पनि अन्य १५ वटाको बाँकी रहेकाले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कुन जग्गा कस्तो प्रकृतिको हो त्यसको सम्पूर्ण विवरण प्राप्त भएपछि जनकपुरधामको कार्यपालिकाबाट कित्ताकाट सुरु गर्ने उल्लेख गर्दै नगरप्रमुख साहले जग्गाको वर्गीकरण तथा कित्ता काट गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारको रुपमा रहेको पालिकालाई दिइएपछि कतिपय पालिकामा कित्ता काट गर्ने काम रोकिएको बताए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x