२८ जेठ २०८३, बिहीबार

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दैछ । 

शुक्रवार बिहान ११ बजे बैठक बस्नेछ । 

आजको बैठकमा प्रतिनिधि सभाबाट उत्पति भएको विभिन्न  विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिने सम्भावित कार्यसूची छ ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिने सम्भावित कार्यसूची छ ।

यस्तै आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक

प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने सम्भावित कार्यसूची छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्