
युक्रेनी सेनाको आर्टिलरी आक्रमणका कारण रुसको भालुकी शहरमा एक सर्वसाधारणको मृत्यु भएको छ ।
बेलगोरोड क्षेत्रमा रहेको उक्त सीमावर्ती शहरमा भएको आक्रमणमा दुईजना घाइते भएको बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लादकोभले बताए । आक्रमण बिहीवार मध्यरातलगत्तै भएको हो ।
रुसको हवाई प्रतिरक्षालाई छल्दै आएका युक्रेनी क्षेप्यास्त्रहरूले तीनवटा वाहनलाई ध्वस्त पारेका थिए अपन आठवटा निजी घरमा आगो लगाएका थिए ।
‘हवाई प्रतिरक्षा सक्रिय बनाइएको थियो तर धरातलमा क्षति पुगेको छ,’ ग्लादकोभले जानकारी दिए । ‘विद्युत् स्टेसनमा क्षति पुगेको छ र आपूर्ति ठप्प भएको छ ।’
महत्त्वपूर्ण संरचना तथा सार्वजनिक भवनमा वैकल्पिक विद्युत् उपलब्ध गराइएको छ । शुक्रवार बिहान ५ बजे बिजुली आएको थियो ।
सोमवार पनि युक्रेनले रुसी भूमिमा आक्रमण गर्दा सर्वसाधारण मारिने र घाइते हुने घटना भएका छन् । भालुकी भन्दा दक्षिणमा रहेको लोगाचेव्का शहरमा युक्रेनी सैनिकहरूले आक्रमण गरेका थिए ।