१९ असार २०८३, शुक्रबार

चोलेन्द्रसँग पुरक प्रश्न सोध्ने तयारी स्थगित, विगतको बयानमा हस्ताक्षर गराइँदै

चोलेन्द्रसँग पुरक प्रश्न सोध्ने तयारी स्थगित, विगतको बयानमा हस्ताक्षर गराइँदै

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक प्रश्न सोध्ने तयारी स्थगित भएको छ ।

समय अभावका कारण जबरासँग समितिले पुरक प्रश्न नसोध्ने भएको हो । 

यसअघि समितिमा दिएको बयानमा हस्ताक्षर गरेर महाभियोग सिफारिश समितिले उनलाई विदा गर्न लागेको हो । 

यसअघि दिएको मौखिक बयानलाई लिपिबद्ध गरी कागजमा हस्ताक्षर गराउन लागिएको हो ।

संसद सचिवालय सिंहदरबारमा जारी समिति बैठकमा चोलेन्द्रले बयानमा हस्ताक्षर गर्दैछन् । 

चोलेन्द्रको बयान समेटेर समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

भोलि प्रतिनिधि सभाको कार्यकाल सकिने भएकोले आजै प्रतिवेदन सभामुखलार्य बुझाउने तयारी छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्