
विश्वकप फुटबलको 'राउन्ड अफ ३२' अन्तर्गत शुक्रबार बिहान जारी पोर्चुगल र क्रोएसियाबिचको खेलको पहिलो हाफ सकिएको छ ।
खेलमा पोर्चुगलले पूर्ण नियन्त्रण जमाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा पोर्चुगलले ७० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै क्रोएसियालाई दबाबमा राखेको थियो।
खेलको सुरुदेखि नै आक्रामक देखिएको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले प्रहार गरेको सशक्त बललाई क्रोएसियाली गोलकिपरले उत्कृष्ट बचाउ गरे। त्यस्तै, जोआओ क्यान्सेलोको पासमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोलका लागि राम्रो अवसर पाएका थिए, तर उनी गोल गर्नबाट चुके।
क्रोएसियाले भने रक्षात्मक रणनीति अपनाउँदै पोर्चुगलका आधा दर्जन कर्नर र खतरनाक आक्रमणहरूलाई विफल तुल्याएको छ। यस खेलको विजेताले प्रिक्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।