०५ साउन २०८३, मंगलबार

संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदले खिचाए सामूहिक तस्वीर

संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदले खिचाए सामूहिक तस्वीर

प्रतिनिधि सभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेले आफ्ना सांसदलाई धन्यवाद ज्ञापन गरेको छ । 

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको अन्तिम बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् । 

संसदमा खेलेको भूमिकाप्रति धन्यवादसहित ओलीले चुनावको तयारीमा लाग्न सांसदहरूलाई निर्देशन दिए । संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदहरूले सामूहिक फोटो खिचाएका छन् । 

प्रतिनिधि सभामा एमालेका ९१ सांसद थिए ।

प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातबाट अन्त्य गर्ने तयारी सरकारले गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्