०८ असार २०८३, सोमबार

भारतसँग युद्ध गरेर चीनको बेल्ट रोड परियोजना जोखिममा : चिनियाँ विज्ञ

कात्तिक २०, २०७४
भारतसँग युद्ध गरेर चीनको बेल्ट रोड परियोजना जोखिममा : चिनियाँ विज्ञ

काठमाडौं, १८ साउन — भारत र चीनका बीच उठेको डोक्लाम विवादका कारण बेइजिङले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई जोखिममा पार्न सक्ने चिनियाँ विद्वानहरूले चेतावनी दिएका छन् ।


मकाउमा बस्ने सैन्यविज्ञ एन्टोनी वोङ दोङले बेइजिङको कठोर नीतिका कारण नयाँ दिल्ली झन् टाढिने र दुश्मन नै बन्न पुग्ने चेतावनी दिएका छन् ।

‘चीन मनोवैज्ञानिक युद्ध लडिरहेको छ तर उसले भारतलाई जमीन युद्धमा हराएपनि भारतलाई जलयुद्धमा हराउन असम्भव छ,’ वोङले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै भने । हिन्द महासागर चीनको व्यापारिक लाइफलाइन भएकोतर्फ उनले संकेत गरेका हुन् ।

चीन आयातित इन्धनमा भर पर्छ र चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रकाशन गरेको आँकडाअनुसार यसको ८० प्रतिशत तेल आयात हिन्द महासागर वा मलक्का स्ट्रेटमार्फत मात्र हुन्छ ।

‘दक्षिणपूर्वी एसियाली देशहरूभन्दा फरक भारतले चीनको फकाउने र तर्साउने रणनीतिसँग झुकेको छैन,’ वोङले भने ।

चाइनिज एसोसिएसन फर साउथ एसियन स्टडिजका सल्लाहकार सुन शिहाईले पनि यस्तै धारणा राखेका छन् । तीन दशकयताकै सबभन्दा खराब सैन्य विवादले भारतमा चीनविरोधी भावना भड्काउने र दुई देशबीचको अविश्वास र शत्रुता बढाउने चिन्ता व्यक्त गरेका छन् ।

गैरसरकारी थिंकट्यांक नोफार इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड डिफेन्स स्टडिजका सैन्यविज्ञ झु चेनमिङका अनुसार एकलासे क्षेत्रका लागि युद्ध लड्नु व्यर्थ हो भन्ने चीनलाई थाहा छ । वर्षको आठ महिना त्यहाँ बरफ जम्छ ।

मानवीय क्षतिका अलावा सीमा युद्धको भौतिक मूल्य अनुमान पनि गर्न नसकिने किसिमको छ ।

दी इकोनोमिक टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्