२६ जेठ २०८३, मंगलबार

समानुपातिक उम्मेदवारको सूची फाइनल गर्न कांग्रेस संसदीय बोर्डको बैठक

समानुपातिक उम्मेदवारको सूची फाइनल गर्न कांग्रेस संसदीय बोर्डको बैठक

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक शुक्रवार बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेपछि बोर्डको बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकका लागि निर्वाचन क्षेत्रबाट आएका नामको बारेमा छलफल हुने एक नेताले जानकारी दिए । पार्टी सभापति अध्यक्ष रहेको कांग्रेसको संसदीय बोर्डमा २२ जना छन् । संसदीय बोर्डले उम्मेदवारको टिकटको निर्णय गर्ने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाका लागि झण्डै ७ हजारको लिष्ट आएको कांग्रेसका एक सहमहामन्त्रीले जानकारी दिए । आएका नामलाई ‘सर्ट लिष्ट’ गर्ने जिम्मा सहमहामन्त्रीहरूलाई दिइएको थियो । सूचीबाट प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरिने छ । 

असोज २ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनु पर्ने भएकोले दलहरू सूची तयार गर्न लागेका छन् । दलहरू समानुपातिकको सूची बनाउन लागेपछि गठबन्धनमा सिट बाँडफाँटको छलफल अहिले हुन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्