×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

खार्किभमा युक्रेनको प्रत्याक्रमणपछि कस्तो हुन सक्छ रुसको कारवाही ?

भदौ ३१, २०७९

NTC
Sarbottam
ANATOLII STEPANOV/AFP/GETTY IMAGES
Premier Steels
Marvel

विगत १० दिनदेखि युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले गरेको प्रत्याक्रमण कारवाहीले केही भूभाग फिर्ता लिनुबाहेक खासै उल्लेख्य सफलता हासिल गरेको छैन । 

Muktinath Bank

युक्रेनकी उपरक्षामन्त्री हान्ना मालयारले अहिलेसम्म ३८ सय वर्गकिलोमिटर क्षेत्र फिर्ता लिइएको दाबी गरेकी छन् । उता राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले चाहिँ ६ हजार वर्गकिलोमिटर क्षेत्रलाई रुसी कब्जाबाट मुक्त गरिसकेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसलाई युक्रेनले युद्ध नै जितेसरी पश्चिमी सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका छन् । रुसले सयौं ट्यांकहरू, हजारौं मृतक र घाइतेहरू अनि दशौं हजार सैनिकहरू छोडेर भागेको समाचारहरू पनि आइरहेका छन् । तर वास्तविकता त्यसभन्दा जटिल छ । 


Advertisment
Nabil box
Kumari

१९फोर्टीफाइभ डट्कममा अमेरिकी विश्लेषक ड्यानियल डेभिसले लेखेअनुसार, पश्चिमले जेलेन्स्कीको सफलताका विषयमा धेरै खुशी हुनुपर्ने कारण छैन । यस सफलताले समग्र युद्धको दिशालाई परिवर्तन गर्न सकेको छैन । 

Vianet communication
Laxmi Bank

युक्रेनले आश्चर्यजनक कारवाही चलाएर रुसलाई खार्किभमा पराजित गरेको हैन । खार्किभबाट अधिकांश रुसी सैनिकहरू पहिले नै निस्किसकेका थिए । त्यहाँ स्वघोषित लुगान्स्क जनगणतन्त्रका योद्धा तथा रुसको नेसनल गार्डका जवानहरू थिए । 

त्यसैले रुसी सैनिकहरू खार्किभबाट भागेको भन्दा पनि योजनाबद्ध ढंगले डोनबास क्षेत्रतिर गएको देखिन्छ । रोयटर्स समाचार संस्थाले एकजना पश्चिमी अधिकारीलाई उद्धृत गर्दै तयार पारेको समाचारमा उल्लेख भएअनुसार, खार्किभबाट हट्नका लागि रुसी सेनाको शीर्ष कमान्डबाट आदेश आएको हुन सक्छ । यसलाई रुसी सेना धराशायी भएको भन्न मिल्दैन । 

यसलाई युक्रेनले युद्ध नै जितेसरी पश्चिमी सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका छन् । रुसले सयौं ट्यांकहरू, हजारौं मृतक र घाइतेहरू अनि दशौं हजार सैनिकहरू छोडेर भागेको समाचारहरू पनि आइरहेका छन् । तर वास्तविकता त्यसभन्दा जटिल छ । 

ती अधिकारीले अर्को महत्त्वपूर्ण कुरा पनि गरेका छन् । युक्रेनको सफलता नाटकीय देखिन्छ किनकि उनीहरूले व्यापक भूभाग फिर्ता लिएका छन् । तर रुसीहरूले प्रतिरक्षा गर्नुपर्ने क्षेत्रको दायरा घटाएर सही सामरिक निर्णय लिएका छन् । 

त्यसका लागि उनीहरू नियन्त्रणमा लिइएका भूभाग त्याग्न पनि तयार देखिन्छन् । रुसले तत्कालै ती भूभाग फिर्ता लिनका लागि कारवाही चलाउने सम्भावना ती नरहेको ती अधिकारी बताउँछन् । 

यहाँनेर हामीले युक्रेनविरुद्ध रुसले विशेष सैन्य कारवाही किन चलाएको भन्ने कुरालाई हेक्का राख्नुपर्ने हुन्छ । यो कारवाही चलाइएको डोनबास क्षेत्रका रुसीभाषीहरूलाई युक्रेनी दमनबाट मुक्त गर्न अनि युक्रेनको असैन्यीकरण तथा नाजीविहीनीकरण गर्नका लागि हो । 

भूभाग कब्जा गरेर राख्ने रुसको प्रमुख उद्देश्य हैन यद्यपि रुसी भूभागबाट क्राइमियासम्मको स्थलमार्गलाई रुसले सजिलै परित्याग पनि गर्दैन । उसले खर्सन र जापोरिझझियालाई रुसी भूमिमा मिसिने विकल्पका लागि जनमतसंग्रह गराउने प्रयास गरेकै हो । 

तर खार्किभमा नियन्त्रित भूभाग परित्याग गर्नुमा रणनीतिक कारण छ । विभिन्न विश्लेषणहरूको अध्ययन गर्दा यसको स्पष्ट तस्वीर देखिन्छ । 

विशेष सैन्य कारवाही शुरू भएको केही समयभित्रै रुसले इज्युम शहर नियन्त्रणमा लिएको थियो । त्यसलाई उसले स्लोभियान्स्क र क्रामातोर्स्क शहरमा आक्रमण गर्ने प्रस्थानविन्दु बनाएको थियो । 

तर विगत केही महिनायता रुसले इज्युमबाट दक्षिणमा रहेको सिभेर्स्की डोनेट्स नदी तर्न कोशिश गरे पनि सफलता पाइरहेको थिएन । दक्षिणतिर रहेको घना शेरवूड जंगलमा युक्रेनी सैनिकहरू दह्रो गरी बसेका थिए र उनीहरूले रुसी फौजलाई त्यहाँ आउन दिएका थिएनन् । 

यस्तो अवस्थामा इज्युम शहरलाई प्रतिरक्षा गरेर बस्नुमा कुनै रणनीतिक लाभ नहुने रुसले थाहा पाइसकेको थियो । त्यसैले बेलायती सैन्य विश्लेषक अलेक्जेन्डर मर्कुरिसले निकै अघिदेखि नै रुसी सैनिकहरू इज्युमबाट हट्ने पूर्वानुमान गरेका थिए । 

रुसी सैनिकहरू त्यहाँबाट हट्दा उनीहरूलाई न्यूनतम मात्र क्षति पुगेको छ भने युक्रेनका चाहिँ हजारौं सैनिक मारिएका छन् । 

अस्ट्रियाली सेनाका कर्नेल तथा सैन्य मामिला विशेषज्ञ मार्कस राइसनरले आफ्नो यूट्युब भिडियोमा युक्रेनले यस प्रत्याक्रमणका लागि ६ ब्रिगेड सैनिक उपयोग गरेको बताएका छन् । एक ब्रिगेडमा चार हजार जति सैनिक हुन्छन् । युक्रेनले यस आक्रमणमा एक ब्रिगेड सैनिक गुमाएको अनुमान गरिन्छ । 

यी युक्रेनी सैनिकहरू रुसको आर्टिलरीले निशाना बनाउने स्थानमा पुगेर सखाप भएका हुन् । त्यसमाथि रुसी वायुसेनाले युक्रेनका सयौं ट्यांक र सशस्त्र वाहनहरूलाई ध्वस्त बनाएको छ । आफ्ना हजारौं सैनिकहरूको बलिदान दिँदै युक्रेनले पश्चिमी सञ्चारमाध्यममा सफलताको प्रचारबाजी गर्ने अवसर पाएको छ । 

उसको यो प्रचारबाजी पश्चिमबाट थप हातहतियार लिने उद्देश्यले भइरहेको हो । त्यसमा ऊ सफल भएको छ । 

युक्रेनी प्रत्याक्रमण सफल भएको निष्कर्ष निकाल्दै अमेरिकाले उसलाई ६० करोड डलर बराबरको सुरक्षा प्याकेज दिने घोषणा बिहीवार (१५ सेप्टेम्बरमा) गरेको छ । अमेरिकाले आफूसँग जगेडा रहेको हातहतियार दिने त्यहाँका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । 

सीएनएनका अनुसार, यस प्याकेजमा हिमार्स रकेट प्रणालीका लागि थप गोलीगट्ठा पनि परेको छ । हिमार्समार्फत युक्रेनले रुसका विभिन्न कमान्ड पोस्टहरूमा प्रहार गरिरहेको छ । 

प्याकेजमा दशौं हजार आर्टिलरी गोलीगट्ठा र सैन्य ड्रोनहरू पनि छन् । अजि जाडोमा लड्नका लागि उपयोगी हुने पोशाक र नाइट भिजन डिभाइस पनि अमेरिकाले उपलब्ध गराउनेछ । 

युक्रेनको यस प्रत्याक्रमणको जवाफ रुसले कसरी फर्काउँछ ? तत्कालका लागि रुसी सेनाहरू इज्युम इलाकाको ओस्कोल नदीको पूर्वी भागमा पुगेका छन् । त्यही नदीले उनीहरूलाई सुरक्षा दिइरहेको जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्टोविचले बताएका छन् । 

इज्युमभन्दा दक्षिण लिमान शहर नजिक सिभेर्स्की नदीले रुसी फौजहरूलाई पहरा दिइरहेको छ । रुसका यी दरिला पोजिसनलाई सानो संख्याका सैनिकहरूले सजिलै प्रतिरक्षा गर्न सक्छन् । 

खार्किभको सफलतापछि युक्रेनले डोनबास क्षेत्रमा आक्रमणको कोशिश अवश्य गर्नेछ । तर त्यहाँ रुसले थर्ड रसियन कोर्प्सका सैनिकहरू परिचालन गरिसकेको खबर छ । ती भनेका लगभग ५० हजार सैनिक हुन् । उनीहरू युक्रेनी आक्रमणको प्रतिकार गर्न तम्तयार छन् । 

त्यसो त युक्रेनी सैनिकहरूले खार्किभकै लिमानमा आक्रमणको कोशिश गरेका थिए । तर त्यहाँ अहिले रुसी सैनिकहरूलाई परिचालन गरिएको छ । ती सैनिकहरूले स्वघोषित लुगान्स्क जनगणतन्त्रका योद्धाहरूको स्थान लिएका छन् । 

सिभेर्स्की डोनेट्स नदीभन्दा उत्तरतर्फका जंगलमा लुकेर बसेका युक्रेनी सैनिकहरूलाई धपाउनका लागि रुसी सैनिकहरूले कारवाही चलाइरहेका छन् । 

खार्किभ प्रत्याक्रमणमा आंशिक सफलता पाएपछि जोश बढेकाले रुसको बेलगोरोड क्षेत्रमा समेत युक्रेनले आक्रमण गरेको छ । यसै साता मात्र दुईपटक युक्रेनले त्यहाँ आक्रमण गर्दा दुईजना सर्वसाधारणको ज्यान गएको छ । यस्ता आक्रमणलाई रोक्नका लागि रुसले थप सैनिक परिचालन गर्दैछ । 

खार्किभ प्रत्याक्रमणले लडाइँलाई थप खतरनाक मोडमा ल्याइपुर्‍याएको छ । रुसले युक्रेनमा चलाइरहेको कारवाहीलाई युद्ध नभनी विशेष सैन्य कारवाहीको संज्ञा दिएकाले अहिलेसम्म सैन्य अड्डा तथा हतियार भण्डारलाई मात्र तारो बनाइरहेको छ । 

तर युक्रेनको प्रत्याक्रमणपछि रुसले आइतवार राति खार्किभको गैरसैन्य संरचनामा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ । त्यस आक्रमणले गर्दा केही समयका लागि खार्किभमा विद्युत् आपूर्ति बन्द भएको थियो । 

अनि बुधवार युक्रेनको दक्षिणी भागमा रहेको किर्भी रिह शहरस्थित काराचुनिव्स्के नामक एक जलाशय बाँधमा रुसले क्षेप्यास्त्र प्रहार गरेको छ । जेलेन्स्की त्यही शहरमा जन्मेका हुन् ।

उनले रुसी आक्रमणको निन्दा गर्र्दै खार्किभबाट पलायन भएका भगौडाहरूले अब गैरसैन्य संरचनालाई तारो बनाउन थालेको आरोप लगाए । त्यसैक्रममा उनले रुसलाई पुनः एकपटक आतंकवादी राज्यको संज्ञा दिए । 

तर काराचुनिव्स्के जलाशय बाँधमाथि आक्रमण सामरिक योजनाअन्तर्गत गरिएको सैन्य विश्लेषकहरू बताउँछन् । उक्त बाँध इन्गुलेट नदीमा बनाइएको हो । त्यो नदीको दक्षिणपश्चिमी भागले युक्रेन तथा रुसको नियन्त्रणमा रहेको भूभागलाई छुट्ट्याउँछ । 

खर्सन प्रत्याक्रमणमा युक्रेनी सैनिकहरूले नदी तर्न तथा दक्षिणी भागमा आक्रमण गर्नका लागि अस्थायी पुल (पोन्टून ब्रिज) बनाएका थिए । रुसले बाँधमा आक्रमण गरी इन्गुलेट नदीको जलस्तर बढाएर ती पोन्टून ब्रिजहरूलाई बगाइदिन खोजेको हो । त्यसो गर्दा नदीको दक्षिणी भागमा रहेका युक्रेनी सैनिकहरूलाई बन्दोबस्तीका सामान आपूर्ति गर्न कठिन हुने र सजिलै हराउन सकिने रुसको आकलन हुनुपर्छ । 

खार्किभ प्रत्याक्रमणपछि रुसले भूमि परित्याग गर्दा रुससमर्थक टिप्पणीकारहरूले पनि मस्कोको चर्को आलोचना गरेका थिए । पुटिनका बफादार चेचेन गणतन्त्रका प्रमुख रमजान कादीरोभले पनि रुसी सेनाको कमान्डले त्रुटि गरेको र यसबाट पाठ सिक्नुपर्ने टिप्पणी गरेका थिए । 

तर पुटिनले गत जुलाई महिनामै आफूहरूले गम्भीरतापूर्वक केही कुरा शुरू नगरिसकेको खतरनाक चेतावनी दिएको स्मरण गर्नुपर्ने हुन्छ । अहिलेसम्म रुसले आफ्ना सबै सैनिक युक्रेन आक्रमणमा परिचालन गरेकै छैन । 

रुसले विशेष सैन्य कारवाहीलाई प्रतिआतंकवादी कारवाहीमा परिणत गर्ने सम्भावना रहेको भूराजनीतिक विश्लेषक पेपे एस्कोबारको भनाइ छ । त्यो भनेको रुसले सिरियामा चलाएको जस्तो कारवाही हो । उक्त कारवाहीमा रुसी वायुसेनाले निरन्तर बम प्रहार गरेर आतंकवादीहरूलाई धूलोपीठो बनाएको थियो । 

तर एउटा हात बाँधेर युक्रेनमा लडिरहने किसिमको मस्कोको नीति सही नभएको रुससमर्थक टिप्पणीकारहरू बताउँछन् । युद्धको घोषणा गरी युक्रेनविरुद्ध पूरै जाइलाग्ने (शक यान्ड अ) सैन्य अभियान चलाउनुपर्ने उनीहरू माग गर्छन् । 

रुसले विशेष सैन्य कारवाहीलाई प्रतिआतंकवादी कारवाहीमा परिणत गर्ने सम्भावना रहेको भूराजनीतिक विश्लेषक पेपे एस्कोबारको भनाइ छ । त्यो भनेको रुसले सिरियामा चलाएको जस्तो कारवाही हो । उक्त कारवाहीमा रुसी वायुसेनाले निरन्तर बम प्रहार गरेर आतंकवादीहरूलाई धूलोपीठो बनाएको थियो । 

खार्किभ प्रत्याक्रमणको सफलतामा युक्रेनी र पश्चिमाहरू रमाइरहेको भए पनि उनीहरूले रुसका तर्फबाट खतरनाक जवाफ पाउने सम्भावना देखिन्छ । अमेरिकी विश्लेषक विलियम श्राइभरको शब्द सापटी लिनुपर्दा रुस अब युक्रेनमाथि चट्याङ जस्तो गरी बर्सिन सक्छ । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x